गेर्खु खोला ‘डाइभर्सन’ बाढीले बगाएपछि पासाङल्हामु राजमार्ग अवरुद्ध

 भदौ ५, २०७६ बिहिबार ९:२४:३७ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट – नुवाकोटको गेर्खु खोलामा आएको बाढीले पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका– १ र १० जोड्ने गेर्खु खोलाको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । 

बुधबार राति गेर्खु खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । डाइभर्सन बगाएका कारण नुवाकोटको गेर्खु, बेत्रावती र रसुवाको यातायात ठप्प भएको छ । 

नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले खोलामा डाइभर्सन निर्माणको काम थालिएकोले बिहीबार साँझसम्म नै यातायात सञ्चालन गराउने दाबी गर्नुभयो । गएको वर्षको भदौ ३ गते आएको बाढीले पहिलेको पुल भत्काएपछि खोलामा अस्थायी डाइभर्सन राखेर यातायात सञ्चालन गरिँदै आएको थियो । 

खोलाले डाइभर्सन बगाउँदा नुवाकोटकोभन्दा बढी रसुवाली नागरिक प्रभावित भएका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया