पूर्वी पहाड पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण: मन्त्री भट्टराई

 भदौ ७, २०७६ शनिबार १८:१८:३२ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले पूर्वी पहाड पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभएको छ ।

शनिबार पाँचथर जिल्लाको तेस्रो जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पूर्वी पहाड पर्यटकीय क्षेत्रका हिसाबले महत्वपूर्ण रहेकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि तीन तहका सरकारले योजनाबद्ध रुपमा काम गर्दै लैजाने बताउनुभयो ।

योजनाबद्ध रुपमा काम गर्दै लगेर पर्यटन वर्ष २०२० लाई सफल पार्नुपर्ने मन्त्री भट्टराईको भनाइ थियाे । पूर्वका पहाडी जिल्लाहरु भारत तथा चीनसँग सीमा जोडिएकाले पर्यटन र व्यापारिक दृष्टिले महत्वपूर्ण स्थान भएकाले यिनिहरुकाे प्रवर्द्धनको लागि स्थानीय तहहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

एक अर्काे प्रसँगमा मन्त्री भट्टराईले अब विकास र समृद्धिले फड्को मार्ने बताउनु भएको छ । उहाँले गएकाे वर्ष संविधान कार्यान्वयनको आधार वर्ष भएकाले अबको वर्ष विकास र समृद्धिले फड्को मार्ने वर्ष भएको बताउनुभयो ।

लोकतन्त्रलाई अझ सुदृढ पार्न राज्यव्यवस्था र जनताको बीचमा खाडलहरु भएकाले त्यसलाई हटाएर विकास र समृद्धिमा लाग्नुपर्ने उहाँको भनाइ थियाे । लोकतन्त्रलाई सुदृढ बनाउन सबै एकीकृत भएर अगाडि बढ्नुपर्नेमा मन्त्री भट्टराईले जोड दिनुभयाे ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया