सुर्खेत गौहत्या प्रकरणः गृह मन्त्रालयको छानबिन टोली सुर्खेतमा

 भदौ १८, २०७६ बुधबार १४:४६:३ | मुना हमाल
unn.prixa.net

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको जंगलमा मृत भेटिएका गाईगोरबारे छानबिन गर्न गृह मन्त्रालयको टोली सुर्खेत आइपुगेको छ ।

छानबिन समितिका संयोजक तथा उप–सचिव सागरमणि पाठकको टोली बुधबार सुर्खेत आइपुगेको हो । यही भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले कान्जिहाउसबाट दैलेख लैजाने क्रममा २ सय ९१ गाईमध्ये ३६ वटा गाईगोरु वीरेन्द्रनरको कट्कुुवा र बेउरेनीमा मृत भेटिएका थिए । 

गाईगोरु मृत भेटिएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले घटनास्थलको स्थलगत अध्ययन गर्ने बताइएकाे छ ।   समितिले घटनाको सत्यतथ्य पत्ता लगाएर आगामी दिनमा यस्ता समस्या उत्पन्न हुँन नदिन सुझावसहितको प्रतिवेदन १५ दिनभित्र गृह मन्त्रालयलाई दिइने संयोजक पाठकले बताउनुभयो । 

घटनाको छानबिनका लागि कर्णाली प्रदेश सरकार र नेपालगञ्ज उपमहानगरपालिकाले समिति गठन गरेकाे छ । नेपालगञ्ज उपमहानगरपालिकाले गठन गरेको टोलीले अहिले सुर्खेतमा अध्ययन गरिरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले कान्जिहाउसबाट आठ वटा ट्रकमा राखेर पठाएका गाईगोरु वीरेन्द्रनगरको  कट्कुवा र बेउरेनीको जंगलमा छोडिएको थियो । जिउँदा रहेका २ सय २१ गाइगोरुलाई नेपालगञ्ज पठाइसकिएको प्रहरीले  जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ७ जना ट्रक चालक माथि घटनाको बिषयमा अनुसन्धान गरिरहेको बताएको छ ।  
 
    

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया