सुर्खेत गौहत्या प्रकरण : प्रहरी निरीक्षकसहित २ जना पक्राउ

 भदौ २०, २०७६ शुक्रबार १८:५४:२६ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेत गौहत्या प्रकरणमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना पक्राउ परेका छन् ।  

जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सन्तृतसिंह श्रेष्ठलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरेका अनुसार दुवै जनालाई जिल्ला अदालतबाट  म्याद थप गरेर अनुसन्धान भैरहेको छ । 

गएको भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले कान्जी हाउसबाट दैलेख लैजाने भनिएका २ सय ९१ गाईमध्ये ३६ ओटा गाईगोरु वीरेन्द्रनगरको कट्कुवा र बेउरेनीमा मृत भेटिएका थिए । प्रहरीले यस प्रकरणमा ट्रक चालकसहित ७ जनालाई यसअघि नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

गौहत्या घटनाका विषयमा गृह मन्त्रालय, कर्णाली प्रदेश र नेपालगञ्ज उपमहानगरपालिकाले समिति गठन गरेर छानबिन गरिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया