महोत्तरीमा माटोको ढिस्कोमा पुरिएर बालकको ज्यान गयो, एक जना गम्भीर घाइते

 भदौ ३०, २०७६ सोमबार १४:४४:३१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - महोत्तरीमा माटोको ढिस्कोमा पुरिँदा एक जनाको ज्यान गरेको छ भने अन्य एकजना गम्भीर घाइते भएका छन् ।

ढिस्कोमा पुरिएर बर्दिबास नगरपालिका-४, नयाँ बस्तीका १४  वर्षीय बालक निरोज बम्जनकोे घटना स्थलमै मृत्यु भएको हो। सोही वडा बस्ने ३८ वर्षीय चन्द्र बल गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

सोमबार दिउँसो बर्दिवास  नगरपालिका –४ माईस्थान खोलामा माटो खन्ने क्रममा भिरमाथिबाट खसेको  ढिस्कोले दुवै जना पुरिएको थियो । घटनालगत्तै स्थानीय र प्रहरी सहयोगमा बलको उद्धार गर्न सफल भएपनि पनि पुरिएका बालकको घटनास्थलमै ज्यान  प्रहरीले जनाएको छ ।

गम्भीर घाइते बलको उपचार धनुषास्थित लालगढ मोडल हस्पिटलमा  भैरहेको छ । मृतकको शव पोस्टमर्टमका लागि जनकपुर अञ्चल  अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया