डाक्टर र औषधी नहुँदा कलैया अस्पतालकाे बहिरंग सेवा बन्द हुने अवस्थामा

 असोज ११, २०७६ शनिबार १९:५०:४४ | जयनारायण यादव
unn.prixa.net

बारा - चिकित्सक र औषधीको अभावमा बाराको कलैयामा रहेकाे जिल्ला अस्पतालको बहिरंग सेवा बन्द हुने अवस्थामा पुगेको छ ।

कलैया अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर प्रेमचन्द्र चौरसियासहित कर्मचारीहरुले शनिबार पत्रकार सम्मेलन गरी असोज १३ गते सोमबारदेखि अस्पतालको बहिरंग  सेवा बन्द गर्ने जानकारी गराएका हुन् ।

५० शैय्याको अस्पतालमा ६ जना विशेषज्ञसहित १६ जना चिकित्सकको दरबन्दी रहेकोमा अहिले करार र अस्थायी गरी ८ जना चिकित्सक मात्र कार्यरत रहेको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट चौरसियाले जानकारी गराउनु भयो । जिल्ला अस्पतालमा एकजना पनि स्थायी दरबन्दीका चिकित्सक छैनन ।

६० जना कर्मचारीको दरबन्दी रहेकोे कलैया अस्पतालमा अहिले १७ जना कर्मचारी मात्रै कार्यरत रहेको चौरसियाले जानकारी गराउनु भयो । अस्पतालमा दैनिक आवश्यक पर्ने औषधीको समेत अभाव हुन थालेको उहाँकाे भनाइ छ ।

कर्मचारी र औषधि अभावका बारेमा प्रदेश सरकार र जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य तथा संघीय सांसदहरूलाई जानकारी गराउँदासमेत समस्या समाधान नभएको उहाँले गुनासो गर्नुभयो । आर्थिक कारोबारको अधिकार निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट लाई नदिँदा कर्मचारीहरुले तीन महिनादेखि तलबसमेत पाएका छैनन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया