भारतले ४० प्रतिशत निर्यात शुल्क लगाएर प्याजको प्रतिबन्ध हटायो : विभिन्न देशमा भाउ बढ्ने

 बैशाख २३, २०८१ आइतबार ९:१९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

भारतले प्याजमा ४० प्रतिशत निर्यात शुल्क बढाएर निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । सन् २०२४ मा प्याजको उत्पादन बढ्न थालेको भन्दै भारत सरकारले निर्यात शुल्क बढाएर प्याज निर्यातमा लगाएका सबै प्रतिबन्ध हटाएको बीबीसी हिन्दीले जनाएको छ । अब भारतबाट प्रतिटन ७ सय ७० अमेरिकी डलर भन्दा कम मूल्यमा प्याज निर्यात हुन नसक्ने खबरमा उल्लेख छ ।

यसअघि निर्यात हुने प्याजको मूल्य ५ सय ५० अमेरिकी डलरमा ४० प्रतिशत निर्यात मूल्य थपेर  ७ सय ७० अमेरिकी डलर पुर्याएको हो । भारतले निर्यातमा शुल्क बढाउँदा प्याजमा भारतसँग आश्रित रहेका विभिन्न देशमा प्याजको मूल्य बढ्न सक्ने भएको छ ।

नेपाली बजारमा समेत यसको असर पर्ने देखिएको छ । यो वर्षको शुरुवातमै भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको त्यहाँको वाणिज्य मन्त्रालयले जनाएको छ । सरकारी अनुमान अनुसार सन् २०२४ को यस सिजनमा एक सय ९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रतिमहिना औसत १७ लाख टन प्याज खपत हुने गरेको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया