यूएईमा बस दुर्घटनामा एक नेपालीसहित ८ जनाको ज्यान गयो

 असोज १३, २०७६ सोमबार १७:३९:१७ | उमाकान्त पाण्डे

यूएई – दुबईमा १४ जना यात्रु बोकेको मिनिबस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । ज्यान जानेमध्ये एक नेपाली छन् । तर उनको नाम, ठेगाना खुलेको छैन ।

फस्ट सेक्युरेटीमा काम गर्ने सेक्युरेटी कामदार बोकेर गुडेको मिनिबस साेमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक नेपाली नागरिक रहेको यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताउनुभयो । दुबई प्रहरीका अनुसार बसमा सवार अरु ६ जनाको अवस्था गम्भीर छ र सबैलाई उपचारको लागि अल रसिद अस्पतालमा पुर्याइएको छ । 

प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेकाले मृतकको परिचय नखुलाइएको बताएको छ 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया