विद्युत प्राधिकरणको लापर्वाहीका कारण हेटौ‍ँडामा करेन्ट लागेर आमा छोराको ज्यान गयाे

 असोज १९, २०७६ आइतबार १७:३०:५० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - नेपाल विद्युत प्राधिकरणको लापर्वाहीका कारण करेन्ट लागेर हेटाैँडामा आमा-छोराको ज्यान गएको छ ।

विद्युत प्रवाह भइरहेको तार छिनेर बारीमा झर्दा पनि त्यसलाई व्यवस्थापन नगरेकाले आमा छोराको ज्यान गएको तथा बुहारी घाइते भएकी छिन् । ज्यान गुमाउनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ राजदेवीकी ५५ वर्षीया लेखमाया पराजुली र उनका २८ वर्षीय छोरा मदन पराजुली रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

करेन्ट लागेर घाइते भएका उनीहरुको उपचारको क्रममा हेटौँडाको चुरेहिल हस्पिटलमा ज्यान गएको हो । आमालाई करेन्ट लागेपछि बचाउन गएका छोरा मदन र बुहारी रेनुकालाई समेत करेन्ट लागेको थियो ।

घाइते बुहारी रेनुकाको उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया