आफूलाई एसिड छ्याप्ने दिलीपलाई देखेपछि पत्रकार सम्मेलनमै विन्दवासिनीकाे आक्राेश

 कात्तिक १५, २०७६ शुक्रबार १६:२४:८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौँडामा ६ वर्षअघि विन्दवासिनी कंसाकारलाई एसिड छ्यापेर फरार रहेका भारत महाराजगञ्ज अमरपूर्वन-६ का ‘राज’ भनिने दिलीपराज केशरीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । 

सार्वजनिक कार्यक्रममा बोल्दै पीडित कंसाकारले एसिड छ्यापेर भाग्ने केशरीलाई कडा कारबाहीकाे माग गर्नु भएकाे छ । हेटौँडाको मेनरोडमा रहेको आफ्नै पसलमा बसिरहेको समयमा कंशाकार एसिड आक्रमणमा पर्नुभएको थियो । 

एसिड प्रहारबाट दशैभरि धेरै पीडित रहेकाले उनीहरुको न्यायको निम्ति पनि फाँसीको सजाय दिनुपर्ने कंसाकारले पत्रकार सम्मेलनमा माग गर्नुभयो । 

प्रहरीले केशरीलाई बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका २३ को भलोहीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालको निर्देशनमा निरन्तर खटिएको प्रहरी टोलीले केशरीलाई पक्राउ गर्न सफल भएको हो । 

एसिड छ्याप्नेमाथि पत्रकार सम्मेलनमै विन्दवासीनीको आक्रोश

झण्डै ६ वर्षअघि एसिड छ्यापेर फरार रहेका केशरीलाई शुक्रबार मकवानपुर प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैगर्दा विन्दवासीनी कंसाकारले आक्रोश थाम्न सक्नुभएन । 

पत्रकार सम्मेलनकै क्रममा पीडित कंसाकारले पीडक दिलीपलाई देखेपछि आक्रोश पोख्न लाग्दा प्रहरीले रोकेको थियो । तर पनि दिलीपलाई पत्रकारकै सामु पटक -पटक झम्टेर पिट्न लाग्दा कंसाकारकै आफन्तले पनि रोकेका थिए । 

एसिड आक्रमणपछि उपचारका क्रममा पीडितको ८० लाख रुपैयाँ खर्च

एसिड आक्रमणबाट गम्भीर घाइते हुनुभएकी हेटौँडाकी विन्दवासीनी कंसाकारले उपचारका क्रममा अहिलेसम्म ८० लाख रुपैयाँ खर्च भएको बताउनुभयो । 

एसिड प्रहारपछिको यो अवधिमा विभिन्न अस्पतालमा गरी ८० लाख रुपैयाँ खर्च भएको र अहिले पनि उपचाररत रहेको उहाँको भनाइ छ । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया