टी १० लिगमा पारस र सन्दीपको खेल आज

 मंसिर ६, २०७६ शुक्रबार ८:३३:० | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईमा भइरहेको टी १० लिग क्रिकेट प्रतियोगितामा नेपालका खेलाडीद्वय पारस खड्का र सन्दीप लामिछानेको टिम एक आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

पारस आवद्ध टिम आबुधाबी र सन्दीप आवद्ध कर्नाटका टसकर्सबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ । जारी प्रतियोगितामा सन्दीप लगातार टिममा परिरहेका छन् भने पारसले भने दुई खेलमा मात्रै मौका पाए ।

पारसले २ खेलमा नट आउट चार रन बनाएका छन् भने लेग स्पिनर सन्दीपले अहिलेसम्म ६ विकेट लिएका छन् । टी १० को पहिलो खेलमा एक विकेट लिएका सन्दीपले दोस्रो खेलमा २ विकेट लिएका थिए ।

तेस्रो खेलमा भने टी १० कै सर्वाधिक महँगो बलर बने । यो खेलमा विकेटविहिन बनेका सन्दीपले ३५ रन खर्चिएका थिए । चौथो खेलमा १ विकेट हात पारेका सन्दीपले पाँचौं खेलमा भने २ विकेट लिए ।

पाँचाै खेलमा उनको ब्याटबाट ५ रन पनि बनेको थियो । उता पारस पहिलो खेलमा १ रन तथा दोस्रो खेलमा ३ रनमा नट आउट रहेका थिए ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया