सुन्दरबजार २ मा नेकपाका श्रेष्ठ विजयी, कांग्रेस उम्मेदवार सेढाईँले खादा ओढाएर दिए बधाई !

 मंसिर १४, २०७६ शनिबार २१:२४:३५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङको सुन्दरबजार नगरपालिका-२ परेवाडाँडामा वडाअध्यक्ष पदको लागि भएको चुनावमा नेकपा उम्मेद्वार नवीनकुमार श्रेष्ठ भारी मतले विजयी हुनुभएको छ ।

उहाँ ९८९ मतसहित विजयी हुनु भएको हो । उहाँका प्रत्यासी नेपाली कांग्रेसका प्रकाश सेढाईँले ४८४ मत प्राप्त गर्नुभयाे ।

त्यस्तै राप्रपाका पवनराज बसौलाले १६, मंगोल अर्गनाइजेसनका राम्जी दर्जीले ८, स्वतन्त्र उम्मेद्वार कृष्णबहादुर केसीले १२ मत ल्याउउभएको छ ।

३ मतदान केन्द्रमा १५२३ मत खसेकोमा १२ मत बदर भएको छ । कांग्रेस उम्मेद्वार सेढाईँले विज्यी श्रेष्ठलाई खादा ओढाएर बधाई दिनुभएको छ । उहाँले विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गाउँको विकासमा सदैव नागरकिमाझ रहेर काम गर्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

यसअघि वडाअध्यक्ष पदमा निर्वाचित नेकपाका लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि वडा अध्यक्ष पद खाली रहेको थियो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया