उपचुनाव : कांग्रेसले बैतडीबाट खाता खाेल्याे, नेकपाका उम्मेदवार ४ मतले पराजित

 मंसिर १४, २०७६ शनिबार २२:८:७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – उपचुनावमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विजयी भैरहेको समाचार आउँदा नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ ।

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी हुनु भएको छ । मतदानमा खसेको जम्मा ४ सय ३८ मतमध्ये २ सय १९ मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी नेकपाका धन बहादुर चन्दले २ सय १५ मत प्राप्त गर्नुभएको छ भने ४ मत बदर भएको बताइएको छ । यस वडामा यसअघि पनि नेपाली कांग्रेसले नै जितेको थियो ।

यस्तै जिल्लाको दोगडाकेदार गाउँपालिका ४ मा भने राति साढे १० बज देखि मतगणना हुने बताइएका ेछ । जिल्लाको पुर्चौडी नगरपालिका ४ मा पनि मतगणनाको तयारी भइरहेको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया