पार्वतीले दिलाइन् तेक्वान्दाेमा नेपाललाई तेस्राे स्वर्ण

 मंसिर १६, २०७६ सोमबार १४:५०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद (साग)को तेक्वान्दोको पुम्सेमा नेपालले अर्को स्वर्ण हात पारेको छ ।

नेपालका लागि पार्वती गुरुङले स्वर्ण जित्न सफल भइन् । २३ देखि २९ बर्षको उमेर समूहमा उनले श्रीलंकन खेलाडीलाई पछि पार्दै स्वर्ण जितिन् । जसमा उनले ८ दशमलव २५० अंक प्राप्त गरिन् ।

दोस्रो बनेकी श्रीलंकाली खेलाडीले ८ दशमलव १४० अंक हासिल गरिन् । तेस्रो स्थानमा भारत रह्यो ।

याेसँगै नेपालले तेक्वान्दाेमा स्वर्ण संख्या तीन पुर्‍याएकाे छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया