१३ औँ साग : पुरुष र महिला भलिबलमा श्रीलंकालाई कास्य पदक

 मंसिर १७, २०७६ मंगलबार ६:४५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत इण्डोर भलिबलमा महिला र पुरुषतर्फ दुवै क्याटेगोरीमा श्रीलंकाले कास्य पदक जितेको छ । 

सागको औपचारिक उद्घाटन आइतबार भए पनि भलिबल खेल भने गएको बुधबारदेखि नै सुरु भएको थियो ।  पुरुष भलिबलमा नेपालसहित, भारत, पाकिस्तान, श्रीलंका र माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गरेका थिए । जसमा नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो । नेपालको समूहबाट भारत र बंगलादेश सेमिफाइनलमा पुग्दा अर्को समूहबाट पाकिस्तान र श्रीलंकाले पनि अन्तिम चारमा स्थान बनाएका थिए । 

सेमिफाइनलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश र भारतसँग पराजित भएको श्रीलंकालेले  कास्य पदकका लागि प्रतिस्पर्धा गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कर्भडलहमा भएको खेलमा श्रीलंकाले बंगलादेशमाथि ३–१ को सेटमा जित निकाल्दै कास्य पदक जित्न सफल भयो । पहिलो सेट २३–२५ ले गुमाएको श्रीलंकाले लगातार तीन सेट जित्दै कास्य पदक पक्का गरेको हो । दोस्रो सेटमा २५–२० ले जित्दै श्रीलंका खेलमा फर्किएका थिए । तेस्रो सेट २५–१६ ले जित्दा चौथो सेट पनि २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

यस्तै, महिलातर्फ श्रीलंका र माल्दिभ्सबीच कास्य पदकका लागि प्रतिस्पर्धा भएको हो । माल्दिभ्स भारतसँग सेमिफाइनलमा पराजित भएको टिम हो भने श्रीलंका घरेलु टोली नेपालसँग पराजित भएको थियो । श्रीलंकाले माल्दिभ्सविरुद्ध तीन शून्यको सोझो सेटमा पराजित गर्दै कास्य पदक पक्का गर्‍यो । पहिलो सेट २५–१३ ले जितेको श्रीलंकाले दोस्रो सेटमा २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो तथा निर्णायक सेट पनि श्रीलंकाले २५–८ ले आफ्नो पक्षमा पारेको थियो ।

भलिबल अन्तर्ग महिला र पुरुष दुवै तर्फको स्वर्ण र रजत पदकको टुंगो मंगलबार लाग्ने छ । पुरुषतर्फ दिउँसो १ बजे पाकिस्तान र भारत आमने सामने हुने छन् । यस्तै अपरान्ह ४ बजे नेपाल र भारतबीच महिला तर्फको स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया