साग पुरुष क्रिकेट : श्रीलंकासँग नेपाल ६ विकेटले पराजित

 मंसिर १७, २०७६ मंगलबार १४:४२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएकाे १७३ रनकाे लक्ष्य श्रीलंकाले १९ ओभर एक बलमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । श्रीलंकाका लागि एस असानले अविजित ७२ रन बनाए ।  त्यस्तै निसान मदुस्काले ४६ रनको योगदान गरे । पी निसंकाले १२ बलमा ३० रन बनाए । 

श्रीलंकाले सुरुवात भने राम्रो गर्न सकेकाे थिएन । उसले ३६ रन बनाउँदा तीन विकेट गुमाएको थियो । तर त्यसपछि असान र निसानले दरिलो साझेदारी गर्दा नेपालले हार बेहाेर्‍याे ।

नेपालका लागि बलिङमा पवन सराफले दुई तथा सुसान भारी र सोमपाल कामीले एक-एक विकेट लिए ।

यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएकाे थियाे ।

नेपालका लागि दिपेन्द्र ऐरीले सर्वाधिक ७२ रन बनाए। उनले ४४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। पवन सर्राफले २२, विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान २१-२१ रन तथा आरिफ शेखले १९ रन बनाए।

पारस खड्का मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि आरिफ शेख १९ तथा ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए ।

चौथो विकेटको लागि दिपेन्द्र ऐरी र विनोद भण्डारीले अर्धशतकीय साझेदारी गरे। ५६ रनको साझेदारी गरेपछि विनोद २१ रन बनाएर आउट भए । पाँचौँ विकेटका लागि दिपेन्द्रले पवनसँग ६२ रनको साझेदारी गरे।

श्रीलंकाको बलिङमा कामिन्दु मेन्डिसले २ विकेट लिए । असिथा फर्नान्डो, कभिस्का अन्जुला र दुभिन्दु तिलकरत्नेले समान १/१ विकेट लिए ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया