साग महिला क्रिकेट : नेपाल बंगलादेशसँग १० विकेटले पराजित

 मंसिर १८, २०७६ बुधबार ११:१०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

साग महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला टिमको खराब ब्याटिङका कारण नेपालले पहिलो हार ब्यहोर्‍यो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९ ओभर दुई बलमा ५० रनमा अलआउट भयो ।

नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने चार खेलाडीले खाता खोल्न सकेनन् । टिमका खेलाडीबीच राम्रो साझेदारी हुन सकेन । स्कोरबोर्डमा एक रन पनि नहुँदा पहिलो विकेट गुमाएको नेपालले सात रन हुँदा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि २७ रनमा बनाउँदा तेस्रो विकेट गुमाएको नेपालले ४३ रन बनाउँदा पाँच विकेट खेर फाल्यो ।

नेपालका लागि ओपनर काजल श्रेष्ठले खाता खोल्न सकिनन् भने सिता रानामगरले तीन तथा सोनु खड्काले १२ रन बनाइन् । यस्तै, रुविना क्षेत्रीले १३ रन बनाउँदा ममता चौधरी मात्र एक रनमा पेभेलियन फर्किइन् ।

त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । नेपालका तीन खेलाडी खाता खोल्न नै पाएनन् ।

जवाफमा बंगलादेशले बिना विकेटको क्षतिमा सात ओभर एक बलमा लक्ष्य पूरा गर्‍यो । बंगलादेशको जितमा आयशा रहमानले २६ तथा मुर्सिदा खातुनले २३ रन बनाइन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया