१३औँ साग : उसुमा नीमालाई स्वर्ण

 मंसिर १९, २०७६ बिहिबार ११:१८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी नीमा घर्ति मगरले स्वर्ण जितेकी छिन् ।

लगनखेलमा रहेको आर्मीको कभर्डहलमा थाउलोको महिला नान्दोमा नीमाले कुल १८ दशमलव ९१ अंक जोडेर स्वर्ण जितेकी हुन् । भारतकी सुरीराज सिंह दोस्रो भइन् । उनले १९ दशमलव २२ अंक प्राप्त गरिन् ।

नीमाले सागमा लगातार दोस्रो पटक स्वर्ण जितेकी हुन् । सन् २०१६ मा भारतमा भएको सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् । उसुबाट सागमा लागतार दुई स्वर्ण जित्ने निमा पहिलो खेलाडी बनिन्। 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया