लक्ष्मीले साइक्लिङमा दिलाइन स्वर्ण, नेपालको स्वर्ण पदक ३१ पुग्यो

 मंसिर १९, २०७६ बिहिबार १३:४१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - १३औं सागको क्रस कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन् ।

यस स्पर्धामा नेपालकै उषा खनालले रजत प्राप्त गरेकी छिन् । यस्तै भारतकी प्रनिता प्रफुलको भागमा कास्य पदक परेको छ ।

स्वर्ण जितेकी लक्ष्मीले क्रस कन्ट्रीको ४ किलोमिटर दूरी १ मिनेट २०.२० सेकेण्डमा पूरा गरेकी थिइन् । त्यस्तै रजत विजेता उषाले १ मिनेट ३५.५२ सेकेण्डमा निर्धारित दूरी पार गर्दा कास्य जितेकी प्रफुलले १ मिनेट ३६.२१ सेकेण्डमा निर्धारित दूरी पार गरेकी थिइन् ।

बुधबार साइक्लिङतर्फकै डाउनहिल स्पर्धामा नेपालका लागि राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जिताएका थिए ।

बिहीबार नेपालले दुई स्वर्ण जित्दै जारी सागमा स्वर्ण पदकको संख्या ३१ पुर्‍याको छ । बिहीबार बिहान उसुकी निमा घर्ती मगरले पनि नेपाललाई स्वर्ण दिलाएकी थिइन् । उनले २०१६ मा भारतमा भएको सागमा पनि नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । 

नेपाललाई स्वर्ण दिलाउनेहरु

१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते 
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते
५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते 
६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी– (५० केजीमुनि) कराँते
८. नवीन रसाइली– (६७ केजी) कराँते
९. सुनिता महर्जन– (६८ केजी) कराँते
१०. अनुपमा मगर– (६८ केजी) कराँते
११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो 
१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ – ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर) 
२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
२९. सक्षम कार्की– तेक्वान्दो
३०. निमा घर्ती मगर - उसु
३१. लक्ष्मी मगर - साइक्लिङ

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया