इलाम अस्पतालमा अब निःशुल्क रगत पाइने

 पुस ६, २०७६ आइतबार १९:५८:५९ | सुजता सुनुवार
unn.prixa.net

इलाम - इलाम नगरपालिकामा रहेकाे इलाम अस्पतालमा अब निःशुल्क रगत पाइने भएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीलाई रगतको आवश्यकता परे रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) मार्फत आइतबारदेखि निःशुल्क रगतको व्यवस्था गरिएको हो ।

रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) नेपाल रेडक्रम सोसाइटी इलाम शाखाले स्थापना गरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यसअघि अस्पतालमा भर्ना भएका बिरामीले एक पिन्ट रगतको ७ सय रुपैयाँ तिर्दै आएका थिए । रेडक्रसले ब्लड ब्याग, आईभीसेट, रक्त परीक्षण लगायतमा लाग्ने खर्च बापतको ७ सय रुपैयाँ लिँदै आएको थियो ।

नेपाल रेडक्रस सोसाइटीका उपसभापति तथा रक्तसञ्चार सेवा संयोजक समेत रहनु भएका रतनकुमार चौधरीले निःशुल्क रगत वितरणका लागि रेडक्रसलाई वार्षिक १ लाख ५० हजार रुपैयाँ सहयोग गर्नुहुने भएको रेडक्रसले जानकारी दिएको छ । चौधरीले आउँदाे २०८० असार मसान्तसम्मका लागि रेडक्रसलाई वार्षिक १ लाख ५० हजार रुपैयाँका दरले नगद उपलब्ध गराउने सम्झौता भएको छ । 

सम्झौता अनुसार चौधरीले रेडक्रस सोसाइटीलाई अबको ४ वर्षसम्म हरेक वर्ष डेढ लाखका दरले रकम उपलब्ध गराउने बताइएको छ । यसै रकमबाट रेडक्रसले खर्च व्यवस्थापन गरी बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउनेछ ।

‘गरिब बिरामीसँग एक पिन्ट रगत किन्ने रकमसमेत नभएको देखेकाले त्यस्ता बिरामीका लागि निःशुल्क रगत दिनका लागि रेडक्रसलाई मैले रकम उपलब्ध गराएको हुँ’, समाजसेवी चौधरीले भन्नुभयो ।

इलाम अस्पतालमा वार्षिक सरदरमा २ सय पिन्ट रगत आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया