गंगा जमुना गाउँपालिकाले सञ्चालनमा ल्यायाे प्राविधिक सेवासहितकाे अस्पताल

 पुस ७, २०७६ सोमबार १०:५१:३४ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङको गंगा जमुना गाउँपालिकाले आइतबार प्राविधिक सेवासहितको अस्पताल सञ्चालनमा ल्याएको छ ।

गंगा जमुना गाउँपालिका वडा नम्बर ५ मा रहेको फुलखर्क स्वास्थ्य चौकीलाई प्रस्तावित ग्रामिण अस्पतालको रुपमा पालिकाको आन्तरिक श्रोतबाट सञ्चालन गर्न लागेको हो ।  

गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारी र उपाध्यक्ष एण्जिला तामाङले अस्पतालको उद्घाटन गर्दै गाउँलेलाई गाउँमै विशेषज्ञ सेवा दिने उद्देश्यले अस्पताल सुरु गरेको बताउनुभयो ।

गाउँपालिका विकट  भएकोले विशेषज्ञ सेवाका लागि सदरमुकाम पुर्‍याउन कठिन हुने र वर्षको समयमा बजारसम्म पुर्‍याउन नसकिने भएकोले गाउँपालिकाले अस्पताल सञ्चालन गरेको हो ।

अस्पतालमा एक्सरे सेवा र प्रयोगशाला सेवासमेत सुरुवात गरिएको  छ ।

गंगाजमुना गाउँपालिकामा रहेका ५ स्वास्थ्यचौकीमा यसअघि नै प्रयोगशाला सेवा सञ्चालनमा रहेको छ । गाउँपालिकाभित्र रहेका सबै बर्थिङ सेन्टरमा प्रसूतिको लागि आउने सुत्केरी महिलालाई नि:शुल्क खान र बस्न को लागि प्रसूति कुरुवा घरको व्यवस्था गरिएको स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनुभयो ।

यसबाट घरमा हुने सुत्केरी शून्य बनाउने र सुत्केरीपछि आमा र बच्चाको मृत्युदरमा कमी आउने छ । अस्पतालमा  १ जना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मीहरु रहने छन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया