किवी जाेनकाे बजेट १ कराेड ९४ लाख, थाक्रा बनाउन मात्रै झण्डै डेढ कराेड छुट्याइयाे

 पुस ८, २०७६ मंगलबार १२:२६:५५ | सुजता सुनुवार
unn.prixa.net

फोटोः पाक्यो त किवी ?  रिफ्याक्ट्रोमिटरमा किवी पाके नपाकेको परीक्षण गरिँदै ।

इलाम – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत इलाममा सञ्चालित किवी जोनमा एक करोड ९४ लाख १५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । 

आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित बजेटमध्ये माच (थाक्रा) मा सबैभन्दा बढी बजेट छुट्टाइएको छ । माच बनाउनको लागि मात्रै एक करोड ३६ लाख चार हजार रुपैयाँ बजेट विनियोजन भएको हो । 

सरकारले २१ जना किसानलाई माच बनाउनको लागि बजेट विनियोजन गरेको हो । तर किसानको माग भने उच्च छ । बासबाट बनाइएको माचले एक वर्षमात्रै थेग्ने भएकाले किसानले दीर्घकालीन माचका लागि सरकारसँग अनुदानको माग गर्दै आएका थिए । 

मागको तुलनामा सरकारले न्यूनमात्रै बजेट विनियोजन गरेपछि अनुदान रकम वितरण गर्नै मुश्किल हुने अगुवा कृषकहरु बताउँछन् । ‘किसानको माग र आवश्यकता धेरै छ’, किवी किसान महानन्द ओझाले भन्नुभयो, ‘बजेट थोरै भएकाले अनुदान वितरण गर्नै समस्या हुने देख्छु ।’ किवी जोनमा दुई पालिकाका चार सय हाराहारी किसान सूचीकृत भएका छन् । अधिकांश किसानले स्थायी माच बनाउन नै अनुदानको अपेक्षा गरेका छन् ।   

यस्तै किवीमा सिचाइँको सुविधा पुर्‍याउन १२ लाख रुपैयाँ छुट्याइएको छ । यस रकमले साना सिचाइँ योजनाहरु मर्मत गरिने किवी जोन कार्यान्वयन इकाइले जनाएको छ । साना मेसिनरी औजारमा अनुदानको लागि आठ लाख रुपैयाँ छ भने किवीको प्रशोधन उपकरणमा अनुदानको लागि पाँच लाख रुपैयाँ विनियोजन भएको छ ।   

व्यावसायिक दुई उद्यमीलाई प्रशोधन उपकरणका लागि दुई लाख ५० हजार रुपैयाँका दरले अनुदान दिने कार्यक्रम रहेको छ । त्यस्तै सेमी हाइटेक किवी नर्सरीको लागि १२ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसबाट १२ ठाउँमा नर्सरी स्थापना गर्ने कार्यक्रम रहेको इकाइले जनाएको छ । 

सरकारले किसानको क्षमता विकास, प्रशोधन प्रविधि तालिम, बजार प्रवर्द्धन, चेतनामूलक सामग्री प्रकाशन, नर्सरी निर्माण क्रफ्ट कटिङ्ग, माटो शिविर, किवीका जात पहिचान गर्नका लागि बजेट विनियोजन गरेको छ । यी शीर्षकमा भने एक लाख रुपैँया बजेट विनियोजन गरिएको इकाइले जनाएको छ । अन्य १७ लाख ६१ हजार रुपैँया भने स–साना कार्यक्रमका लागि छुट्टयाइएको छ । 

विनियोजित बजेट किवी जोन कार्यान्वयन इकाइमार्फत खर्च हुनेछ । एक वर्षअघि देखि इलामको सन्दकपुर गाउँपालिकाका पाँच वटै र इलाम नगरपालिकाको १, २, ३ र ४ नम्बर वडालाई ‘किवी जोन’ घोषणा गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया