अनुष्का श्रेष्ठ भन्छिन् : पिछडिएका क्षेत्रका बालबालिका र महिलाकाे शिक्षा सुधारमा लाग्छु

 पुस ७, २०७६ सोमबार २०:३१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का श्रेष्ठले सिन्धुपाल्चोक जिल्लाको पिछडिएका क्षेत्रका महिला तथा बालबालिकाको शिक्षा सुधारमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

भर्खरै लण्डनमा सम्पन्न भएको ‘मिस वर्ल्ड पेजेन्ट २०१९’ मा आफूले महत्वपूर्ण विषयलाई उठान गरेको भन्दै श्रेष्ठले आफ्नो प्रतिबद्धता पूरा गर्ने बताएकी हुन् ।उनीहरुको शिक्षाको अवस्थामा दिगो सुधार गर्ने लक्ष्य अनुरुप आमाहरुको आर्थिक सुधारमा केन्द्रित भइ बालिकाहरुको शिक्षामा जोड दिइने उनले बताइन् ।

अनुष्काले मिस वर्ल्ड २०१९ मा सबैभन्दा प्रतिष्ठित २ वटा शीर्षक ‘ब्युटी विथ अ पर्पाेस’ र ‘मल्टिमिडिया अवार्ड’ हात पारेकी थिइन् । आफूले नेपाललाई विश्वसामु चिनाउन सक्दो प्रयास गरेको उनले बताइन् । 

यसबाहेक श्रेष्ठ, ‘हेड टु हेड च्यालेन्ज राउण्ड’ र १ सय भन्दा बढी देशका प्रतिस्पर्धीहरुमा शीर्ष १२ स्थानमा पर्न सफल भएकी थिइन् । 

उनले हरेक वर्ष नेपालले महत्वपूर्ण उपाधि हासिल गर्नुलाई सफलताको रुपमा लिएकी छिन् । गएकाे वर्ष मिस नेपाल वर्ल्ड २०१८ मा श्रृङ्खला खतिवडाले पनि ‘मल्टिमिडिया अवार्ड’ सहित ‘ब्युटी विथ अ प्रपोस’ अवार्ड प्राप्त गरेकी थिइन् । 

नेपालले सन् १९९७ देखि मिस वल्र्ड पेजेन्टमा भाग लिदै आएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • dipesh rimal

    Jan. 14, 2020, 2:20 a.m.

    hahaha gafadi

  •  0 Reply

तपाईको प्रतिक्रिया