इलामकाे माङसेबुङ गाउँपालिकामा बिहीबार सार्वजनिक बिदा

 पुस १०, २०७६ बिहिबार ७:४९:५० | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको माङसेबुङ गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । बिहीबार खण्डग्रास सूर्यग्रहण लाग्ने भएपछि पालिकाले सूचना जारी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

ग्रहण लागेको समयमा बाहिर निस्कन हानिकारक हुने वैज्ञानिक सुझाव रहेको र कार्यालयको कामकाजमा समेत प्रत्यक्ष प्रभाव पर्ने देखिएकाले सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताउनुभयो । यता गृह मन्त्रालयले भने बिहीबार सार्वजनिक बिदा नहुने जनाएको छ ।

चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक) लाई नै ग्रहण मानिन्छ । ग्रहण खग्रास र खण्डग्रास गरी दुई प्रकारको हुन्छ । ज्योतिषीय भाषामा ग्रहणले पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ ।

बिहीबार बिहान ८ बजेर ४२ मिनेटदेखि ११ बजेर ३१ मिनेटसम्म झण्डै तीन घण्टा सूर्यग्रहण लाग्नेछ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया