नुवाकोटमा गोरु जुधाइ (फाेटाे फिचर)

 माघ १, २०७६ बुधबार १९:१९:४३ | नवदीप अजनबी

नुवाकोट - नुवाकोटको विभिन्न स्थानमा माघे संक्रान्तिको अवसरमा आयाेजना भएकाे गोरु जुधाइ हेर्ने दर्शकको भिड लागेको छ । बुधबार जिल्लाका विभिन्न ६ स्थानमा ५७ हल गोरु जुधाइएको छ । 

तारकेश्वर गाउँपालिकाको तारुकामा २१ हल, विदुर नगरपालिकाको बेत्रावतीमा १३ हल, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङमा ५ हल, लिखु गाउँपालिकाको कट्टिछापमा ३ हल, तादी गाउँपालिकाको सातविसेमा १० हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा ५ हल गोरु जुधाइएको थियाे ।  

गाउँका विभिन्न स्थानमा छरिएको गोरु जुधाई परम्परालाई नुवाकोटको तारुकाले २०६२ सालबाट एकै थलोमा जुधाउन थालेपछि नुवाकोटमा गोरु जुधाईको रौनक छाएको छ । 

तारुकाले गरेको परम्पराको संरक्षणको सिको गर्दै माघे संक्रान्तिमा नुवाकोटका ६ स्थानमा गोरु जुधाइएको हो । नुवाकोटको सातविसेमा यो वर्षदेखि गोरु जुधाउन थालिएको हो भने लिखुको कट्टीछाप र शिवपुरीको शेराबगरमा गत वर्षदेखि जुधाउन थालिएको हो । 

तारुकामा गोरु जुधाई मेलामा प्रमुख अतिथी भएर नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सहभागी हुनुभएको थियो भने बेत्रावतीको गोरु जुधाइमा प्रमुख अतिथि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे सहभागी हुनुभएको थियो ।    


    

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया