सांसद दीपक मनाङ्गे पक्राउ

 माघ ९, २०७६ बिहिबार १६:५०:४६ | सुमन गुरुङ
unn.prixa.net

काठमाण्डौ - गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङ पोखराको लेकसाइडबाट पक्राउ पर्नुभएको छ । जिल्ला अदालत पोखराले पक्राउ पुर्जी जारी गरेपछि प्रहरी टोलीले सांसद मनाङ्गेलाई पक्राउ गरेको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा)कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपछि उहाँ पक्राउ पर्नुभएकाे हाे । 

उहाँलाई पक्राउ गरेर म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ‘ उहाँलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । अब उहाँलाई यही राखेर अनुसन्धान अगाडि बढाउछौँ, अहिले हामी छलफलमा क्रममा छौँ ’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले  भन्नुभयो ।

गुरुङले  जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनुभएको थियो । 

पोखराको लेखनाथ नगरपालिकामा रहेको भण्डारढिक खेल मैदानमा मंगलबार आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटस्थलमा सांसद गुरुङले एन्फा अध्यक्ष गुरुङलाई झापड हान्नु भएको थियो । 

खेल मैदानमा नै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै उहाँले जाहेरी दिनुभएको  थियाे।  जाहेरीमा मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही को माग गरिएको थियाे।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया