राष्ट्रियसभा निर्वाचन : गण्डकी प्रदेशमा २ सय २८ मत खस्यो

 माघ ९, २०७६ बिहिबार १७:१६:४१ | सुमन गुरुङ
unn.prixa.net

कास्की - राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशको मतदान सकिएको छ ।

 
कुल २ सय ३० मतदाता रहेको यो प्रदेशबाट २ सय २८ मत खसेको छ । २ जना मतदानका लागि ४ बजेसम्म नआएको कारण मतपेटिका बन्द गरिएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

गोरखाको सिराञ्चोक गाउँपालिका गोरखाकी उपाध्यक्ष रिता देवकोटा र मुस्ताङमा रहेकाे ल्हो घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट (राजु) मतदानमा सहभागी नहुनुभएको हो ।

देवकोटा कांग्रेसबाट निर्वाचित हनुभएको हो भने विष्ट स्वतन्त्र चुनाव जितेर नेकपा प्रवेश गर्नुभएको हो ।

चुनावमा राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख-उपप्रमुखको मतभार १८ तोकिएको छ । यसका आधारमा गण्डकीमा ६० प्रदेशसभा सदस्यको दुई हजार ८८० र ८५ स्थानीय तहका १७० जनप्रतिनिधिको मतभार तीन हजार ६० सहित कुल मतभार पाँच हजार ९४० रहेको छ ।

पाँच हजार ९४० मतभारमा बढी ल्याउने दुई उम्मेदवार विजयी बन्नेछन् । अब केही समयमा नै सर्वदलीय बैठक सकेर मतगणना सुरु गरिने न्यौपानेले जानकारी दिनुभयो । उहाँको अनुसार आज नै मतपरिणाम आउनेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया