सामान्य बन्दै वीरेन्द्रनगर बजार

 माघ १५, २०७६ बुधबार ९:१८:५६ | मुना हमाल
unn.prixa.net

सुर्खेत – मङ्गलबार टिप्परको ठक्करबाट कालिकोट महाबै गाउँपालिकाका केशर सिंहको ज्यान गएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगर बजार सामान्य बन्दै गएको छ । 

प्रमुुख जिल्ला अधिकारी बसन्त अधिकारीले बिहानदेखि वीरेन्द्रनगर बजार सहज बन्दै गएको बताउँदै पीडित पक्षसँग वार्ता भैरहेको बताउनुु भयो । उहाँले बुधबार मृतकका बुवा सुर्खेत आउने र शवको पोेष्टमार्टमको प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।

पीडित पक्षले बुधबार नै जाहेरी दिने पनि उहाँले बताउनु भयो । टिप्पर चालकलाई कडा कारबाही गरिनुुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने पीडितको माग छ । टिप्परकाे ठक्करबाट एक जनाकाे ज्यान गएपछि मङ्गलबार दिनभर बजार बन्द भएको थियो । प्रदर्शनले उग्र रुप लिएपछि प्रशासनले मङ्गलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाएको थियो ।

आन्दोलनका क्रममा वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका सार्वजनिक ठाउँहरुमा तोडफोड समेत भएको छ । आन्दोलनका क्रममा गोली लागेर पाँच जना घाइते भएका छन् भने आन्दोलनकारीले ढुङ्गामुढा गर्दा २२ जना प्रहरी पनि घाइते भएका छन् ।      
। 

मृत्तकका आफन्त तथा महाबै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले आफूहरुले राखेका माग पूरा नभए फेरि शान्तिपूर्ण आन्दोलन गर्ने बताउनुु भयो । उहाँले चालकलाई हदैसम्म कारबाही गरिनुपर्ने, पीडित पक्षलाई उचित क्षतिपूर्ति दिनुपर्ने र बजार क्षेत्रमा मालवाहक गाडी चल्न दिन नहुुने माग राखिएको बताउनु भयो । 
उहाँले मङ्गलबार भएको आन्दोनलमा चलखेल भएको भन्दैै अब माग पूरा गराउन शान्तिपूर्ण आन्दोलन गर्ने बताउनुु भयो । उहाँले अबको आन्दोलन शान्तिपूर्ण हुुने भएकाले बजार खोल्न पनि आग्रह गर्नुुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया