पर्वतको कुश्मामा विश्वकै दोश्रो अग्लो बञ्जीकाे सफल परीक्षण : वैशाखदेखि नियमित हुने

 माघ १६, २०७६ बिहिबार १८:४८:३४ | सन्तोष थापा
unn.prixa.net

काठमाण्डौ - पर्वतको कुश्मामा बनेको विश्वकै दोश्रो अग्लो बञ्जीको सफल परिक्षण भएको छ । पर्वतको कुश्मा र वाग्लुङको बलेवा जोड्ने गरि कालीगण्डकी नदीमा बनाइएको पुलमा बञ्जीको बिहीबार सफल परिक्षण भएको बञ्जी  सञ्चालक कम्पनी द क्लिफ प्रालीका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । 

कालिगण्डकी नदीबाट पुलको उचाई २ सय २८ मिटर रहेको छ । ‘हामीले पुलबाट २०८ मिटरसम्म बञ्जी गर्छौं, २० मिटर ग्याप हुन्छ, अब हामी विश्वकै दोश्रो अग्लो बञ्जी  बनेका छौं ।’अध्यक्ष कार्कीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

यसको नियमित सञ्चालन आउँदो बैशाखदेखि हुने पनि कार्कीले बताउनुभयो । हाल विश्वकै अग्लो बञ्जी मकाउमा रहेको  छ, जसकाे उचाई ७ सय ६४ फिट  छ । 

हालसम्म स्वीट्जरल्याण्डको भरजस्का बाँधमाथि ७ सय २० फिट उचाईमा रहेको बञ्जीलाई दोस्रो अग्लो बञ्जी मानिँदै आएको छ  । तर अब कुश्मामा ७ सय ४८ फिट अग्लो बञ्जी  बनेकाले याे नै विश्वको दोश्रो अग्लो बञ्जी बनेको अध्यक्ष कार्कीले बताउनुभयो। 

२०७३ सालदेखि निर्माण कार्य सुरु भएको बञ्जीसँगै रिसोर्ट पनि सञ्चालनको अन्तिम तयारीमा छ ।  २० करोड रुपैयाँको लागतमा बञ्जी र बाग्लुङ्गको बलेवामा २५ रोपनी क्षेत्रफलमा लभ कुश्मा रिसोर्ट बनाईरहेको कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया