दुर्घटनामा नायिका महिमा सिलवाल र उनकी बहिनीकाे ज्यान गयाे

 फागुन १, २०७६ बिहिबार ९:५६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – धादिङमा बस र स्कुटर ठोक्किँदा नायिका महिमा सिलवाल र उनकी बहिनीको ज्यान गएको छ । 

बुधबार बेलुकी पृथ्वी लोकमार्गको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा भैरहवाबाट काठमाण्डौका लागि छुटेको लु २ ख १३५ नम्बरको बस र बा ९८ प ७०५८ नम्बरको स्कुटर आपसमा ठाेक्किएकाे थियाे । बहिनीकाे 'इगेजमेन्ट'मा चितवन जाँदै गर्दा बुधबार राति दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकी महिमाको गजुरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बुधबार नै ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार दुर्घटनामै घाइते भएकी महिमाकी बहिनी शर्मिलाको बिहीबार बिहान काठमाण्डौको ट्रमा सेन्टरमा ज्यान गएको हो । महिमाले 'कारबाही', 'अप्रिल फूल', 'चियर्स', 'दानव' लगायतका चलचित्रका साथै दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । 

बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया