मोर्गनको उत्कृष्ट प्रदर्शनसँगै ट्वेण्टी ट्वेण्टी क्रिकेटमा इंग्ल्याण्डको जित

 फागुन ४, २०७६ सोमबार ५:३०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अफ्रिकासँगको तीन ट्वेण्टी ट्वेण्टी क्रिकेट इंग्ल्याण्डले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराउँदै इंग्ल्याण्डले सिरिज २–१ ले जितेको हो । २ सय २३ रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्याण्डको जितमा कप्तान इयान मोर्गनले नटआउट ५७ रन बनाए । उनले २१ बलमा अर्धशतक बनाउँदै कम बलमा अर्धशतक पूरा गर्ने कीर्तिमानको बराबरी गरे । यस्तै जोनी बेयरस्ट्रोले ६४ र जोस बटलरले ५७ रन बनाए ।

दक्षिण अफ्रिकाका लुंगी नेग्दीले २ विकेट लिए । सेञ्चुरियनमा पहिले ब्याटिङ गरेको घरेलु टोली दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो । दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले ६६ र टेम्बा बाभुमाले ४९ रन बनाए ।

यस्तै, क्विनटन डी कक र डेभिड मिल्लरले समान ३५/३५ रन बनाए । इंग्ल्याण्डका टम करन र बेन स्टोक्सले २, २ विकेट लिए ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया