डेरी उद्योगमा आगलागी हुँदा ७० लाखको क्षति

 चैत १, २०७६ शनिबार १९:२०:१६ | सुजता सुनुवार
unn.prixa.net

इलाम - इलामको देउमाई नगरपालिका-४ बुधबारेमा रहेकाे एक डेरी उद्योगमा आगलागी हुँदा ७० लाखभन्दा बढीकाे क्षति भएको छ ।

स्थानीय अशेष बुढाथोकीकाे गजुरमुखी दर्शन डेरी उद्योगमा आगलागी हुँदा दुध पेल्ने मेसिन, घ्यु र छुर्पीलगायतका सामान जलेर नष्ट भएका हुन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उद्योगका प्रोप्राइटर जिल्लाबाहिर रहेकाले क्षतिबारे यथार्थ विवरण आउन बाँकी रहेको छ ।

वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले दिउँसो ३ बजेदेखि आगलागी सुरु भएको बताउनुभयाे । डेरी उद्योगमा लागेकाे आगाे नियन्त्रणमा आइसकेको छ । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको स्थानीय प्रकाश खनालले बताउनुभयो । 

नगरपालिकाकाे दमकल नहुँदा इलाम नगरपालिकाको दमकल पठाइएको थियो । नगरपालिकाले दमकल खरिद गर्नुपर्ने स्थानीय खनालको माग छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया