यूएईमा समस्यामा परेका ३० जना नेपाली ट्याक्सी चालकलाई एनआरएनको सहयोग

 चैत १४, २०७६ शुक्रबार १०:३६:१४ | उमाकान्त पाण्डे

यूएई – यूएईको सारजाहमा समस्यामा परेका ३० जना नेपाली ट्याक्सी चालक श्रमिकलाई एनआरएन यूएई (नेपाल एसोसीएसन)ले सहयोग प्रदान गरेको छ ।

सारजाहमा रहेको इमिरेट्स ट्याक्सी क्याब कम्पनीमा काम नभएर खानाको अभावका भएपछि समस्यामा परेका ३० जना नेपालीलाई बिहीबार एनआरएनले सहयोग गरेको हो । कम्पनीले तलब नदिएर खान, बस्न समस्या भएको खबर जानकारी पाएपछि बिहीबार क्याम्पमै पुगेर नगद १५ सय दिर्हाम र प्रतिव्यक्ति दुई वटा स्यानिटाइजर सहयोग गरेका एनआरएनए यूएईले जनाएको छ ।

कोरोनाको जोखिम बढिरहेका बेला श्रमिक समस्यामा परेको खबर उज्यालो अनलाइनमा प्रकाशित भएको थियो । समाचार पढेपछि आफूहरुले श्रमिकलाई सहयोग गरेको नेपाल एसोसीएसनका बोर्ड अफ डाइरेक्टर रमेश श्रेष्ठले बताउनुभयो ।

नेपालबाट ओशो तथा फ्युचर म्यानपावरमार्फत १ लाख ५० हजारदेखि ३ लाख ३५ हजार रुपैयाँसम्म बुझाएर यूएई आएका उनीहर केही समयदेखि काम र काम गरेको तलबका साथै अन्य सेवासुविधा नपाएपछि समस्यामा परेका छन् ।

उनीहरुले आफ्नो समस्या यूएईमा रहेको नेपाली दूतावासमा समेत राखेको भए पनि कोरोना सङक्रमणको जोखिम रोकथामका लागि उडानहरु स्थगित भएकाले उद्दारमा समस्या भएको दूतावासले जनाएको छ । उनीहरुसँगै समस्यामा परेका पाँच जनालाई भने उद्दार गरेर नेपाल पठाइसकेको दूतावासले जानकारी दिएको छ ।

 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया