चीनमा कोरोना सङ्क्रमित धेरैजसो उपचारपछि निको भए, इटलीमा सबैभन्दा धेरैले ज्यान गुमाए

 चैत १९, २०७६ बुधबार २०:५८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण भएका ८ लाख ८२ हजार एकसय ९१  मध्ये एक लाख ८५ हजार उपचारपछि निको भएका छन् । 

सबैभन्दा धेरै चीनमा  ७६ हजार दुई सय ३८ जना उपचारपछि निको भएका छन् ।  चीनमा ८१ हजार ५ सय ५४ जना सङ्क्रमितमध्ये ३ हजार ३ सय १२ जनाको ज्यान गएको छ ।

यस्तै विश्वमा सबैभन्दा धेरै अमेरिकामा कोरोनाको सङ्क्रमण देखिएको छ । 

अहिलेसम्म अमेरिकामा १ लाख ८८ हजार ६ सय ४७ सङ्क्रमितमध्ये ४ हजार ५९ जनाको ज्यान गएको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेमा भने सबैभन्दा धेरै इटलीमा छन् । इटलीमा अहिलेसम्म १२ हजार ४ सय २८ जनाको ज्यान गएको छ । 

स्पेनमा ९ हजार ५३ जनाको ज्यान गएको छ । स्पेनमा पनि सङ्क्रमितसँगै ज्यान गुमाउनेको सङ्ख्या बढ्दो छ । इटलीमा एक लाख ५ हजार ७ सय ९२ जना सङ्क्रमित छन् भने स्पेनमा एक लाख २ हजार १ सय ३६  जना सङ्क्रमित छन् । 

कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको सख्या ४४ हजार १ सय ३६ पुगेको छ । यसैबीच कोरोना भाइरसको महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती रहेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । 

राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरसको महामारीले विश्वव्यापी आर्थिक मन्दी ल्याउन सक्ने र यो पछिल्लो आर्थिक सङ्कटभन्दा भयानक हुन सक्ने चेतावनी दिएका छन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया