'लकडाउन' पछि ३ हजार ७ सयभन्दा बढी सोलुखुम्बु भित्रिए

 बैशाख १७, २०७७ बुधबार ९:५७:५४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – लकडाउनपछि झण्डै चार हजार मानिस सोलुखुम्बु भित्रिएका छन् ।

कोरोना भाइरस सङ्क्रमण राेकथामका लागि सरकारले घाेषणा गरेको लकडाउनपछि काठमाण्डौलगायतका स्थानहरुबाट तीन हजार सात सय ६९ जना मानिस जिल्ला भित्रिएको जिल्ला प्रहरी कार्याल सोलुखुम्बुले जनाएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार गएकाे चैत्र १२ गतेदेखि मङ्गलबार साँझसम्म दुई सय ७० वटा सवारीसाधनमार्फत झण्डै चार हजार जना साेलुखुम्बु प्रवेश गरेका हुन् ।

लामो समयदेखि देश लकडाउन हुँदा काम विशेषले देशको विभिन्न ठाउँमा पुगेका अधिकांश जिल्लावासीलाई पालिकाले उद्धार गरी गाउँ फर्काएको हो ।

उद्धार गरिएकामध्ये अधिकांश काठमाण्डौबाट आएको भए पनि केही सीमित मात्रामा पूर्वका विभिन्न जिल्लाहरुबाट पनि आएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक (इन्सपेक्टर) महेन्द्र दर्नालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया