स्थानीयवासी र भारतीय सीमा सुरक्षा बलका जवानबीच कुटाकुट, बाराकाे विश्रामपुरमा तनाव

 बैशाख २३, २०७७ मंगलबार ११:०:१९ | जयनारायण यादव
unn.prixa.net

बारा – स्थानीयवासी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले कुटाकुट गरेपछि बाराको विश्रामपुर गाउँपालिका ४ बलिरामपुरमा तनाव भएको छ ।

साेमबार बेलुकी बलिरामपुरका केही युवाले एसएसबीका एक जवानलाई कुटपिट गरेको र आज एसएसबीका जवानले खेतमा काम गरिरहेका विश्रामपुरका छोटेलाल साहलाई कुटपिट गरेपछि तनाव उत्पन्न भएको हो ।

दशगजा नजिकै रहेकोे खेतमा काम गरिरहेका साहलाई आज बिहान एसएसबीका जवानले कुटपिट गरेपछि तनाव सिर्जना भएको विश्रामपुर ४ का वडाध्यक्ष मदन यादवले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा अहिले ठूलो सङ्ख्यामा दुवैतर्फका सुरक्षाकर्मी परिचालन गरिएकाे बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया