महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, भारत–पाकिस्तान एउटै समूहमा

 बैशाख २३, २०८१ आइतबार १५:३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।

नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छन् । यस्तै दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्ग्लादेश र क्वालिफायर–२ को टिम समूह ‘बी’ मा छन् ।

क्वालिफायर–१ र क्वालिफायर–२ का लागि यही अप्रिल २५ देखि यूएईमा भइरहेकाे टी–२० विश्वकप छनोटको फाइनलमा पुग्ने दुई टोली छानिनेछन् ।

अक्टोबर ३ मा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ ।

महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलिया सबैभन्दा सफल टिम हो, पूर्व विजेतासमेत रहेको अस्ट्रेलियाले छ पटक उपाधि जितिसकेको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया