गौरीफन्टा नाकाबाट  ६ हजार ३ सयभन्दा बढीको उद्धार, ५ हजारको कोरोना परीक्षण भएन

 जेठ १०, २०७७ शनिबार १२:१४:२६ | सीताराम ओझा
unn.prixa.net

कैलाली - कैलालीको सीमावर्ती गौरीफन्टा नाकाबाट ६ हजार तीन सय २० जना नेपालीको उद्धार भएको छ ।

जेठ महिनाको पाँच दिनमा उनीहरुको उद्धार गरिएको हो । जेठ २, ३, ७, ८ र ९ गते उनीहरुको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । 

जेठ २ र ३ गते ९ सय ५०, ७ गते ८ सय ५८, ८ गते दुई हजार ४ सय ९८ र ९ गते दुई हजार १४ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये २ सय ६ जनालाई धनगढी क्वरेन्टीनमा राखिएको छ भने बाँकी छ हजार एक सय १४ जनालाई सम्बन्धित पालिकामा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । 

६ हजार तीन सयभन्दा बढीको उद्धार भए पनि कोरोना परीक्षण नहुँदा सुदूरपश्चिममा जोखिम बढेको छ । भारतमा सबैभन्दा बढी संक्रमित रहेको महाराष्ट्रबाट आएका मजदुरको परीक्षण हुन सकेको छैन् ।

जेठ २ र ३ गते भित्रिएका ९ सय ५० जनाको भने र्‍यापिड टेस्ट गरिएको थियो । महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो । तर ७ गते आएका ८ सय ५८ जनालाई र्‍यापिड टेस्ट समेत नगरी गाउँ पठाईएको थियो ।  

८ गते आएका २ हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ । यस्तै ९ गते भित्रिएका दुई हजार १४ जनामा कसैको पनि परीक्षण गरिएको छैन् ।

पाँच दिनको अवधिमा झण्डै पाँच हजार नेपाली परीक्षण विना नै गौरीफन्टा नाकाबाट भित्रिएका छन । स्थानीय प्रशासनले उद्धारका लागि समन्वय गरेपनि स्थानीय र प्रदेश सरकारले परीक्षणको व्यवस्थापन गर्न नसक्दा समस्या भएको हो ।

यता सुदूरपश्चिम प्रदेश सरकारले भने किटको अभाव रहेको जनाएको छ । नौ वटा जिल्लामा झण्डै तीन हजार र्‍यापिड कीट मौज्दात रहेपनि प्रदेश सरकारसँग भने मौज्दात नरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले किट अभाव रहेको बताउनुभयो । ¥यापिड कीटका लागि स्वास्थ्य मन्त्रालयका र विभागसँग समन्वय भइरहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया