कैलाली : आइसोलेसनमा राखिएका एक जनाको मृत्यु

 जेठ १४, २०७७ बुधबार ९:४५:२२ | सीताराम ओझा
unn.prixa.net

कैलाली - सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कैलालीका गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबार नै भारतको महाराष्ट्रबाट फर्किएपछि क्वरेन्टीनमा रहेका ती पुरुष मंगलबार साँझ मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । मृतकको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको श्रेष्ठले बताउनुभयो ।

सूचना अधिकारी श्रेष्ठका अनुसार ती व्यक्तिको आज बिहान ६ बजे मृत्यु भएको हो । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया