भारतीय संगीतकार वाजिद खानको निधन, कोरोनाको शंका

 जेठ १९, २०७७ सोमबार १०:२४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

भारतका लोकप्रिय संगीतकार वाजिद खानको निधन भएको छ ।

उहाँको आइतबार राति निधन गएको परिवारलाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । उहाँको कोरोना सङ्क्रमणका कारण निधन भएको हुनसक्ने शंका गरिए पनि पुष्टि भइनसकेको खबरमा उल्लेख छ । उहाँको पोहोर मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

कोरोनाले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिको ज्यान लिने गरेको विभिन्न अध्ययनले पुष्टि गरेको छ । वाजिद र साजिद खान मिलेर साजिद वाजिदको नाममा भारतका सयौँ चलचित्रमा संगीत दिएका छन् । वाजिदले टेलिभिजनका केही रियालिटी शोहरुमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

अन्तिम अपडेट: असार १४, २०७७

तपाईको प्रतिक्रिया