ओमानबाट १४७ नेपाली काठमाण्डौ आइपुगे, अब आवश्यक परेमा मात्रै थप उडान हुने

 असार ४, २०७७ बिहिबार १३:५६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानबाट १४७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । 

सलाम एअरको फ्लाइट नम्बर ओभी ४२७ मार्फत ११० जना पुरुष र ३७ जना महिला लिएर जहाज केहीबेरअघि काठमाण्डौमा अवतरण गरेको हो । 

उनीहरु विमानस्थल र होल्डिङ् सेन्टर हुँदै सिधै होम क्वारेण्टीनमा जान पाउनेछन् । ओमानमा कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा समस्यामा परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सलाम अएरमार्फत स्वदेश फर्काइरहेको छ । दूतावासका कर्मचारी र राजदूत आफैं स्वदेश फर्कने नेपालीको विदाइका लागि विमानस्थल पुगेका थिए । 

दूतावासले सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा ओमानबाट नेपालीलाई स्वदेश फर्काएको छ । एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार ४ सय २३ रुपैयाँ तोकेको छ । यो भाडादर सरकारले स्वदेश फिर्तीका लागि तोकेकोभन्दा सस्तो हो ।

सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३६८ अमेरिकी डलरमा झारेको छ । यो भनेको आजको विनिमयदर अनुसार ४४ हजार ८१६ रुपैयाँ हो । यसअघि असार एक गते पनि १६६ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

योसँगै ओमानमा समस्यामा परेका सबै नेपाली स्वदेश फर्किएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिनुभयो । उहाँकाअनुसार आवश्यक परेका मात्रै थप उडान हुनेछ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया