कुलमान घिसिङलाई पितृशोक

 असार २२, २०७७ सोमबार १२:७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ ।

घिसिङका बुबा कृपासिंह घिसिङको ९८ वर्षको उमेरमा गएराति काठमाण्डौमा निधन भएको हो । कुनै दीर्घरोग नलागेका घिसिङ सुकेधारास्थित निवासमा गएराति एक्कासी बेहोस हुनुभएको थियो, तत्कालै मेडिकेयर अस्पताल लगिए पनि अस्ताताले उहाँलाई मृत घोषणा गरेको परिवारले जनाएको छ ।

उहाँका कुलमान घिसिङसहित ६ जना छोरा र  तीन जना छोरी हुनुहुन्छ । उहाँको स्वयम्भूमा आजै अन्त्येष्टि गरिंदैछ ।

अन्तिम अपडेट: असार २८, २०७७

1 Comments

  • Tilak Ram Ghimire

    July 6, 2020, 3:55 p.m.

    भावपूर्ण श्रद्दान्जली !!

  •  0 Reply

तपाईको प्रतिक्रिया