तनहुँ पहिरो अपडेट : १० जनाको ज्यान गयो, हराइरहेका २ जनाकाे खाेजी हुँदै

 असार २९, २०७७ सोमबार २०:१९:५१ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ  – तनुहँमा आइतबार राति गएको पहिरोमा परि १० जनाको ज्यान गएको छ भने दुई जना हराइरहेका छन् ।

पहिरोले घर पुरिँदा व्यास नगरपालिका ९ का एकै परिवारका तीन जनासहित चार जना, ऋषिङ गाउँपालिका ८ पल्ट्याङमा पाँच जना र म्याग्दे गाउँपालिका ६ बेलौते डाँडामा एक जनाको ज्यान गएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गगद बरालले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेहरुमा ऋषिङ गाउँपालिकाका भेषबहादुर थापा, नानुमाया थापा, महादेव थापा, मनिसरा थापा र अनिषा थापा छन् । यस्तै व्यास नगरपालिका–९ का  कमला थापा, मनोज थापा, अञ्जना थापा र त्यही ठाउँका मैतीमाया घर्तीको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

यस्तै  म्याग्दे गाउँपालिका ६ की लक्ष्मी विकको पनि पहिरोमा परि ज्यान गएको छ । पहिराेले पुरिएर व्यास नगरपालिका ९ का राजेश थापा र  व्यास ११ का पद्मबहादुर भुजेल बेपत्ता रहेका र उनीहरुको खोजी भइरहेको पनि बरालले जानकारी दिनुभयो । 

बाढी र पहिरोका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ । पहिरोमा पुरिएका र बाढीले बगाएकाको खोजी कार्य अझै चल्दै छ । बाढीलेभन्दा पनि पहिरोका कारण धेरै क्षति भएको देखिन्छ । बाढी र पहिरोको पूर्वसूचना थाहा पाउन नसक्दा धेरै व्यक्तिले ज्यान गुमाउनुपरेको छ भने कैयौँ विस्थापित बनेका छन् ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया