पहिरोले घर पुरिँदा श्रीमान् श्रीमती बेपत्ता

 साउन ६, २०७७ मंगलबार १०:५६:३६ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – लगातार परेको वर्षाका कारण खसेको पहिरोले नवलपुरको बुलिङटार गाउँपालिका–२ डाँडाझेरीमा पहिरोले घर पुरिंदा दुई जना बेपत्ता भएका छन् ।

बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीका अनुसार गएरातिको पहिरोले स्थानीय डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उहाँकी श्रीमती ५७ वर्षीया खिनमाया नेपाली पहिरोमा पुरिएर बेपत्ता हुनुभएको हो ।

पहिरोमा पुरिएर बेपत्ता भएका दुवै जनाको स्थानीयको सक्रियतामा खोजी कार्य जारी रहेको अध्यक्ष बस्ताकोटीले बताउनुभयो । उहाँका अनुसार पहिरोका कारण केही चौपाया समेत पुरिएका छन् । घटनास्थलमा उद्धारका लागि अहिले ईलाका प्रहरी कार्यालय बुलिङटारको टोली खटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

यस्तै गएराति विनयी त्रिवेणी गाउँपालिका –४, मा दुम्किबासबाट विपरीत दिशातर्फ जाँदै गरेको लु २ च ६१७१ नम्बरको पिकअप खहरे खोलाले बगाएको छ । पिकअप बगाए पनि मानवीय क्षती भने नभएको प्रहरी नायव उपरीक्षक खाँणले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया