सेती लोकमार्ग : १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुल्याे
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - के के न गर्छु भनेर नेपाल छिरेको कोरोनालाई खुच्चिङ ! बल्ल थाहा पायो होला नि नेपालमा सरकार र नागरिक कतिसम्म ज्याद्रा छन् भन्ने कुरा ।
आउन नभ्याउँदै लकडाउन गरेर र जान नभ्याउँदै लकडाउन हटाएर सरकारले कोरोनालाई आच्छुआच्छु बनाएको छ । अनि दिनुपर्ने जति भाउ नै नदिएर नागरिकले चाहिँ कोरोनालाई लाजमर्दो अवस्थामा पुर्याइदिएका छन् ।
झुलका प्वाल र आकाशका तारा गनेर कोरोनाको ध्यान भंग गरिदिए । त्यसपछि बेसारपानी, हर्रो, बर्रो, तितेपाती बनाउने होड चल्यो । प्रधानमन्त्रीदेखि नागरिकसम्मलाई डाक्टरी ज्ञान । जताततै जडिबुटी र झारपात विज्ञ । नेपालका गाउँशहर, डाँडाकाँडा जता फर्के पनि डाक्टर, वैद्य र धामीझाँक्री देखेर कोरोनाको सातो गयो ।
लकडाउनभरि नेपालीले कोरोनालाई घरभित्र पस्नै दिएनन् । बेसारपानी र झारबुटीले नै तर्साएर भगाइदिए । अब चाहिँ सरकारले नै लकडाउन हटाएर कोरोनालाई जताततै पासो थापेको छ । अब कोरोनालाई सडकमा गए पनि डर छ, सरकारी कार्यालयमा गए पनि डर छ ।
सडकमा पहिलेजस्तै गरी ठेलम्ठेल भएर गाडी र मान्छेको ताँती लाग्न थालेको छ । सडकको बीचबाट हिँड्दा कोरोलाई गाडीले ठक्कर दिने डर, फुटपाथबाट हिँड्दा मान्छेले कुल्चने डर । सार्वजनिक बसभित्र चढ्दा पनि यात्रुको घुईंचोमा थिचिने डर । यातायात, मालपोत लगायतका सरकारी कार्यालयमा जाँदा पनि अवस्था उस्तै । जताततै भीडभाड, होहल्ला, चहलपहल । मान्छेको ठेलम्ठेलमै परेर मरिएला भन्ने डर ।
त्यसमाथि नेपाली साह्रै बाठा छन् । नाक र मुखबाट हैन चिउँडो र कानबाट कोरोना छिर्ला भनेर मास्कले नाकमुख छोप्नुको सट्टा चिउँडोमा झुण्ड्याउँछन्, कानमा भिर्छन् । बेसारपानी खाएर बलियो छु भन्दै व्यक्तिगत दूरीको वास्ता गर्दैनन् । साबुनपानीले हात धुन खोज्दैनन् । नेपालीले कोरोनालाई पिंजडामा थुनेर राखेझैं गरेका छन् ।
पहिलेदेखि नै कोरोनालाई छुट्टै नियम बनाइदिएका हुन् । कोरोनालाई सुरुदेखि नै लगाइएको नियम थियो - कोरोना निश्चित ठाउँमा जाँदैन, निश्चित बेलामा बाहिर निस्कँदैन र निश्चित मान्छेलाई कोरोनाले छुँदैन ।
लकडाउनदेखिकै मान्यताअनुसार कोरोना बिहान बेलुका आराम गर्न निस्कन्छ, बजार जाँदैन । नेपालीको सजिलो लागि उसले आफैंले तालिका बनाएको छ, बिहान बेलुका चुप लागेर बस्छ, दिउँसो मात्रै बजारतिर जान्छ ।
अझ साना गल्लीतिर त कोरोना पहिलेदेखि नै दिउँसो पनि जान डराएको हो । भित्री बाटो कहाँ जान्छ भन्ने पनि कोरोनालाई थाहा हुँदैन । पत्रकारको कार्ड र सरकारी पास भएका मान्छेसँग पनि कोरोना पहिलेदेखि नै डराउँछ । कार्ड र पास भएका मान्छे सडकमा जुनसुकै बेला हिँडे पनि हुन्छ । कोरोनाले केही गर्दैन ।
अलि पहिलेसम्म आफ्नो गाडी भएकालाई कोरोनाले केही लछारपाटो लगाउन सक्दैनथियो। अब सार्वजनिक गाडीमा चढ्नेलाई पनि कोरोनाले केही गर्न सक्दैन ।
अचम्मको छ, नेपाल छिरेको कोरोना । सपिङ मलमा सामान किन्न जानेलाई सलाम ठोक्छ, तर त्यही सपिंग मलमा रहेको सिनेमा हलमा जान मन लागेकाहरुलाई खाउँला झैं गर्छ । स्कुलमा भर्ना शुल्क बुझाउन जानेलाई केही गर्दैन, स्कुल पढ्न जानेको बाटो छेक्छ ।
भदौदेखि नाइटबस र जहाज चढ्नेलाई पनि कोरोनाले केही नगर्ने भनिसकेको छ । तर हेल्थ क्लब, सैलुन र ब्युटीपार्लर छिर्न खोज्नेलाई भने पख्लास् भनेर बसेको छ । अचम्मको बानी भएको कोरोनालाई अब नेपालमा जताततै डर छ ।
सरकारले पिँजडामा थुनिसक्यो । बाटोभरि पासो थापिसक्यो । नागरिकले कोरोनालाई जितेको ठानिसके । अब विजय जुलुस निकाल्न मात्रै बाँकी छ । बालुवाटारको कलह देखेर सलह त टिकेन भने नेपालीको करामतको अगाडि कोरोना पनि कति दिन टिक्ला र !
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
Ram Prasad dahal
July 26, 2020, 9:51 a.m.सार्है सान्दर्भिक रचना , तपाइंको हरेक रचना उत्कृष्ट छन् ...मनपर्यो , धेरै धन्यवाद /