अमेरिकाको प्रतिनिधि सभामा मास्क अनिवार्य, बोल्ने बेलामा मात्रै मास्क खोल्न पाइने

 साउन १५, २०७७ बिहिबार ११:३९:५७ | एजेन्सी
unn.prixa.net

अमेरिकाको प्रतिनिधि सभाले आफ्ना सबै सदस्य र कर्मचारीलाई अनिवार्य मास्क लगाउन आदेश दिएको छ ।

सदनकी स्पीकर न्यान्सी पेलोसीले मास्क नलगाई प्रवेश गर्नेलाई च्याम्बरबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको छ । उहाँले सदनमा मास्क बिना उपस्थित हुने गरेका सांसदमा कोरोना पोजेटिभ देखिएपछि यो चेतावनी दिनुभएको हो । अब च्याम्बरमा बोल्ने बेला मात्रै सदस्यले मास्क खोल्न पाउने छन् ।

अहिलेसम्म संसद्को तीन डेमोक्रेट र सात रिपब्लिकन गरि १० जनामा कोरोना पुष्टि भएको छ । अमेरिका कोरोना संक्रमित र ज्यान गुमाउने धेरै भएको देशको सूचीमा पहिलो स्थानमा छ । अमेरिकामा मात्रै अहिलेसम्म ४५ लाख ६८ हजारभन्दा धेरैमा कोरोना पुष्टि हुँदा १ लाख ५३ हजारको ज्यान गैसकेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया