कोरोनाको खोप बने पनि ५० प्रतिशत खतरा मात्रै कम गर्ने

 साउन २४, २०७७ शनिबार ११:२०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकी वरिष्ठ महामारी विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरस विरुद्धको खोप बने पनि त्यसले ५० देखि ६० प्रतिशत मात्रै काम गर्ने बताउनुभएको छ ।

टास्क फोर्सका सदस्यसमेत रहेका फाउचीले खोपले कोरोना भाइरस सङ्क्रमित हुन सक्ने खतरा ५० देखि ६० प्रतिशत मात्रै रोक्न सक्ने भन्दै खोप बनेपछि पनि सार्वजनिक स्वास्थ्य सामग्रीको आवश्यकता भइरहने बताउनुभएको हो ।

महामारी नियन्त्रण गर्न खोपमा मात्रै भर पर्न नहुने उहाँको भनाइ छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ह्वाइट हाउसमा कोरोना भाइरस टास्क फोर्स नियुक्त गरे पनि उहाँको सुझावप्रति ट्रम्पले फाउचीको सुझावलाई वेवास्था गर्दै आउनुभएको छ ।

कोरोना भाइरसबाट अमेरिका सबैभन्दा नराम्ररी प्रभावित भएको छ । संसारभर कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड २५ लाख निको भएका छन् भने ७ लाख २४ हजारको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया