विश्वमा झण्डै दुई करोड मानिसलाई कोरोना सङ्क्रमण

 साउन २४, २०७७ शनिबार १४:५४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वमा झण्डै दुई करोड मानिसलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

अहिलेसम्म १ करोड ९५ लाख ५७ हजार १ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको वल्डाेमिटरले जनाएको छ । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड २५ लाख भन्दा धेरैले कोरोनालाई जितेका छन् ।

सात लाख २४ हजार ३ सय ४० जनाको भने कोरो सङ्क्रमणका कारण ज्यान गएको छ । अमेरिकामा झण्डै ५१ लाखलाई सङ्क्रमण भएको छ भने एक लाख ६४ हजार १ सय ४ जनाको ज्यान गएको छ । यस्तै ब्राजिलमा साढे २९ लाख भन्दा धेरै सङ्क्रमित छन् भने भारतमा झण्डै २१ लाख जनालाई कोरोना सङ्क्रमण भएको छ ।

भारतमा कोरोनाका कारण ४२ हजार भन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया