विदेशी प्राविधिक नेपाल आउन पाएनन्, गौतमबुद्ध विमानस्थलमा उपकरण जडान गर्ने काम ठप्प

 साउन २७, २०७७ मंगलबार १४:३६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी युरोपेली देशका प्राविधिक नेपाल आउन नपाउँदा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका उपकरण जडानमा ढिलाइ भएको छ ।

नेपालले विदेशी यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको र यी देशले पनि यात्रामा प्रतिबन्ध लगाएका कारण प्राविधिक नेपाल आउन पाएका छैनन् । त्यसैले विमानस्थलका उपकरण जडानमा ढिलाइ भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलमा जडान गर्नुपर्ने रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरणहरु, ब्यागेज ह्याण्डलिङ सिस्टम, एक्स–रे आदि यन्त्र उपकरणमध्ये धेरैजसो नेपाल आइसकेका छन् । अब ती उपकरण जडान गर्न बाँकी रहेको छ । कतिपय उपकरण युरोप र अमेरिकामा बनेकाले ती उपकरणको जडानका लागि सम्बद्ध कम्पनीका प्राविधिक नै आउनुपर्छ । तर कोरोना भाइरसको महामारीका कारण प्राविधिक नेपाल आउन नपाउँदा जडान हुन सकेको छैन । 

प्राधिकरणले कुटनीतिक माध्यमबाट सहजीकरणका लागि पर्यटन मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयमा अनुरोध गरेको जनाएको छ । परिस्थिति सामान्य बनेमा डिसेम्बरसम्म सम्पूर्ण कार्य सम्पन्न गरी विमानस्थल हस्तान्तरण हुने अपेक्षा गरिएको पनि प्राधिकरणले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ । विमानस्थलको भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भएको र फिनिसिङको काम पनि सम्पन्न हुने चरणमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया