पर्सामा थप ३४ जनामा कोराेना सङ्क्रमण, ३ सय ५९ जना सङ्क्रमित आइसोलेशनभन्दा बाहिर

 साउन २९, २०७७ बिहिबार ६:४४:२४ | केसी लामिछाने
unn.prixa.net

पर्सा - पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

वीरगञ्जको नारायणी अस्पतालको पीसीआर प्रयोगशालाले बुधबार साँझ सार्वजनिक गरेको पीसीआर परीक्षणको रिपोर्टअनुसार बारा जिल्लाका १ र पर्साका ३४ जनासहित थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

३४ जनामध्ये छिपहरमाई गाउँपालिकाका २ जना रहेका छन । अरु सबै  वीरगञ्ज महानगरपालिकाका हुन्। थपिएका सङ्क्रमितमध्ये अधिकांश  कन्ट्याक्ट ट्रेसिङमा परेका हुन । नेपाल रेल्वे माध्यमिक विद्यालयमा कन्ट्याक्ट ट्रेसिङका आधारमा संकलन भएको स्वाबको परीक्षणमा  ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

संक्रमण पुष्टि भएकाहरुको उमेर समूह ७ वर्षदेखि ६२ वर्ष रहेको छ । संक्रमितमध्ये १० जना महिला रहेका छन् । सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नं ९ रानीघाट, श्रीपुर, वडा नं १० घडीअर्वा पोखरी, वडा नं ११ पानीट्यांकी, वडा नं ६ माइस्थानका रहेका छन् ।

त्यसैगरी पर्साको छिपहरमाई गाउँपालिका ५ का दुई जना र बाराको प्रसौनी गाउँपालिकाका १ का एक जना पनि सङ्क्रमित भएका छन् । पछिल्लो परिणामसँगै पर्सामा कुल संक्रमितको संख्या १ हजार १ सय ४४ पुगेको छ ।  पुष्टि भएकामध्ये १५ जना भारतीय नागरिक रहेका छन ।

संक्रमित हुनेमा ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी, थुनुवा , २० जना अस्पताल सफाइकर्मी पनि रहेका छन । अहिलेसम्म  कोभिड-१९ को कारण १९ जनाको मृत्यु भएको छ । बारा र रौतहटका समेत गरी पर्सामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । 

मृतकहरु अधिकांश दीर्घरोगी एव्ं अन्य कुनै स्वास्थ्य समस्या भएका देखिन्छन् । संक्रमितहरुमध्ये वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा १ सय २ पुरुष र १९ महिलालाई भर्ना गरिएको छ ।  त्यस्तै गण्डक कोभिड अस्पतालमा १० महिलासहित ६५ जना रहेका छन ।

रानी पोखरी होटलको  सामुदायिक आइसोलेशन सेन्टरमा ३४ ,राणी सती धर्मशालामा ४१, वीरगञ्ज सिद्धार्थ स्कूलमा ३२ , वीरगञ्ज कारागारमा ३८ ,अन्य आइसोलेशनमा ९४ र होम आइसोलेशनमा ३ सय ५९ जना रहेको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनु भयो ।

संक्रमित ३ सय ५९ जना होम आइसोलेशनका नाममा आइसोलेशनभन्दा बाहिर रहेकै कारण पर्सामा कोरोना संक्रमणलाई नियन्त्रण गर्नु चुनौतीपूर्ण बनेको छ । होम आइसोलेशनको मापदण्ड पालना भए/नभएको बारेमा अनुगमन हुन सकेको छैन । 

संक्रमितहरुले पसल संचालन गरेको हाट बजारमा निस्किएको जस्ता कुराहरु सामाजिक संजालमा पोष्ट भइरहेका छन । यस्तो अवस्थामा थप आइसोलेशन वार्डको निर्माण आवश्यक रहेको छ । पर्सामा कोरोना भाइरसका  संक्रमितहरुमध्ये १ सय ९८  पुरुष र ४३  महिला गरी २ सय ४३ जना निको भएर घर फकिएका छन । 

पर्सामा १ हजार २ सय ४५ क्वरेण्टीन बेड संख्या रहेकोमा अहिले पनि १ सय २ पुरुष र ३७ महिला  गरी १ सय ३९ जना क्वरेण्टीनमा रहेका छन । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया